माया मिठो

माया मिठो, बोली मिठो,
चाल मिठो, साथै मिठो ।

माया कति मिठो तिम्रो,
बोली झन मिठो किन ।
माया गर्छेउ की हाम्लाई पनि,
कि त्यो नि थाहा छैन ।

देखेको त छैन तिम्लाई,
कल्पनामै सोच्ने गर्छु ।
भेटे भने खै के हुन्छ,
म त आफै बिलाइ जान्छु ।

सपनीमा भेटे उनलाई,
विपनीमा कहिले होला ।
सुत्छु अहिले निकै छिटो,
पर्खिबसिन उनी होला ।

माया मिठो, बोली मिठो,
चाल मिठो, साथै मिठो ।
माया गर्ने मायालुको,
हरेक कुरा सबै मिठो ।

माया मिठो, बोली मिठो,
चाल मिठो, साथै मिठो ।

Comments

Popular Posts