मंदिरको प्रसाद वितरण

मंदिरको प्रसाद वितरण


सेप्टेम्बर ३
समय साझको ६ बजेर ५६ मिनेट
स्थान होस्टल नंबर ६को छत
उनी अफ्लाइन गइन्, ऊ तल झर्दै छ;
अब यहाँ सान्त छ, मैले चाहेको जस्तो सान्त;
माथि निलो आकाश, कालो वादल अनि वाटुलो आकारको चम्किलो जुन;
तलको प्रसंग केही फरक छ;
तल सुन्दा, हेर्दा सान्तनै छ तर अनुभव एकदम फरक;

उनी होस्टेल फर्किन रे;
खाना खायौ भनेर सोद्छीन, म एक छिनमा खाने कुरा गर्छु;
उनी फेरी गायब;

यहाँ अनुहार अनुहार पछाडी फरक कहानी छ;
कुन हसिलो अनुहारमा पिडा, कुन हसिलो अनुहारमा डर अनि कुनमा आनन्द लुकेछ पत्ता लगाउन गारो छ;
कुन निहुरिएको चेहेराले साच्चिकैको कठिनता लुकाएको छ भन्न सकिन्न;

बेटरी १५% पुगेको पत्तो लागेन;
उनी अजै गायब;
पानी नि पर्ला जस्तो छ;
अब चार्जमा छोडेर खान जानु पर्ला;

आज म सेन्टि खाछु, दुखि देखिन्छु अनि केही बोल्दिन भन्छन साथीहरु;
बाटोमा फेरी त्यहीसँगको भेट;
केही टाउको निउरिए मलाई देख्दा, मेरो पनि झुक्यो;
उनीहरुको डरले तर मेरो केही डर र केही लाजले;
इज्जत लग्यो कसैको प्रसादले;
छाति फुलाएर हिड्न नसक्ने भएछु म;

फेसवास अनि केजाति हो किनिच उसले;
बहिनीहरु कोही राम्रा छैनन्, आफै राम्री हुनुछ रे मिसलाई;
घोडामा चढेर आउछ रे उसको सपनाको राजकुमार;

सेन्टी खाने म मात्र रहिनछु, कोही अरुको इमोजी नि मेरो जस्तै देखियो;
इमोजी इमोजी अनि मात्र इमोजी;
हाँसोको पछाडी जिन्दगीले दिएको दुःख;

हामी भन्दा दुखी अरु कोही देखिन्थे अहिले;
आफू आफूमा सिमित दु:ख;
कसैलाई व्यक्त्त गर्न नसकिने दु:ख;
बिहान वेलुका आउने दु:ख;
कहिले मध्य रातमा चस्काउने दु:ख;
कहिले दिउसै रुवाउने दु:ख;
दुःखले नै निम्त्याउने दुःख!!

सेप्टेम्बर ३
समय रातको ११ बजेर ४२ मिनेट
स्थान होस्टल नंबर ६को छत
अहिले न उनी छिन्, न अरु कोही नै
छ त केवल त्यो निलो आकाश, कालो वादल, झन चम्किलो जून अनि त्यो मन मग्न गर्ने सान्त ।

Comments

Popular Posts