अधुरो प्रेम पत्र

परिक्रमाको Love Letter Writing Competition 2018 को लागि लेखिएको मेरो यो अधुरो प्रेम पत्र


याद छ ७ कक्षामा सरले नेपालीको शब्द अर्थ सोद्धा तिमीलाई नआएर तिमी रुधा मेरो पनि आखाँबाट आसु झरेको? त्यति बेला "We are just kids" भनेको थियौ; आज दस वर्षपछि म "Mature" भइसके । तिमी त त्यति बेलानै "Mature" थियौ; अहिले डाक्टर हुन लागिसकेऊ, झन बुझ्ने भयौ होला । मैले भन्दा बढी भावना ल तिमीले बुझ्छौ होला । तिमी टपर मान्छे याद छ होला "अहिले त बच्चा भनेउ तर दस वर्ष पछि जब तिमी जवान हुने छौ अनि म पनि ठुली हुनेछु तब आजकै दिन फोन गरेर I love you, i will love you forever  भन्ने छु ।" भनेर वाचा गरेकी थिएँ । त्यो वाचा यो  Valentines Dayमा पुरा गर्ने छु; मेरो फोनको घन्टी कुरेर बस्नु ल । याद छ पहिलो पटक मैले सानो मोबाइल किन्दा नकिन भनेका थियौ, म बिग्रिन्छु भनेर । त्यति बेला मैले पटक पटक कयौं बाहाना बनाएर तिम्रो घरको ल्यानलाइनमा फोन गर्दा तिम्ले कति गाली गर्थेउ । कहिले त फोन नै उठाउदैन थियौ तुम्ले, कहिले त अंकल अन्टीले उठाउनु हुन्थ्यो ह्याङ गरेर छोड्दिन्थे मैले फोन । यो पल्ट त उठाउछौ भन्ने आसा छ । तिमीलाई अन्तिम पल्ट फोन गरेको नि SLC को रिजल्ट आएपछि हो; तिम्ले अब Science पठ्दै छु, गाह्रो हुन्छ, अबदेखि पटक पटक फोन नगर्नु भनेकाले मैले पनि फोन गरिन । त्यसपछि यो दिनको लागि पर्खेर बसेकी थिए । यो पल्ट फोन गर्ने अनुमति चाहन्छु । अनुमति बिना फोन आयो भने मलाई माफ गरिदेउ ल । कुराकानि नभयको पनि जुनि नै भईसक्यो । त्यसमाथि तिम्रो तेतिखेर Facebook पनि थिएन, पछि बनाएछौ । FB मा Add गरेर कुरा गर्ने त मन थियो तर गरेको छैन अहिले सम्म। तिमी Distract  हुन्छै भनेर पछि हटेँ । अनि तिम्ले कस्तो प्रोफाइल पिक्चर राखेको, सबै कालै कालो, केही देखिदैन राम्रोसँग । अलि राम्रो राख न, तिम्रो त जस्तो फोटो नि म मनपराइ हाल्छु । तिम्रो अहिले दारी जुङ्गा आइसक्यो होला, झन ह्यानसम भयौ होला । तिम्रो FB  त म धेरै Check गर्छु; धेरै  Private बनाएका रहेछौ आफ्नो  Account  लाई । प्रोफाइल पिक बाहेक अरु केही देखिन्न त्यसमा अनि प्रोफाइल पिक महिना महिनामा चेन्ज गर्ने गर ल। कस्तो हेर्न मन लाग्छ तिम्लाई ।पहिला पहिला त तिमिलाई हेर्ने बाहानाले तिम्रो घरमा होमवोर्क माग्न आउथेँ तर पछि तिमीहरुले घर सरेपछि त्यो पनि पाइन । कलेजमा पुगेपछि त तिम्लाई देख्न नि गाह्रो भयो । तिमीले पढ्को कलेजमा नाम निकाल्न सकिन तर पनि अर्को कलेजमा Science लिएर पढे । तिमीले ठीक भनेको रहेछौ Science साह्रै गारह्रो हुनेरहेछ तर तिम्रो Inspiration लिएर पढे अनि पास गरेँ । डाक्टर पढ्न नसकेनि Nursing पढेकी छु; पछि सगैं मिलेर विरामीको सेवा गर्नु पर्छ ल । तिमीलाई हरेक मोडमा साथ त म दिनेनै छु । याद छ तिम्लाई कक्षा ९मा नाटक खेल्दा हामी बुढा र बुढी भएको, त्यस पलका सम्झनाहरु म सँग आजपनि छन् । हामी दुइको त्यही फोटो टेबलमा अघि राखेर यो पत्र लेख्दै छु । त्यो फोटो देखेर साथीहरु मलाई कति जिस्काउने गर्थे तर मैले तिम्लाई जिस्काएको मन नपर्ने भएकाले केही छैन हामी बीच भन्थे । मलाई त उनीहरुले जिस्काउदा कस्तो रमाइलो लाग्थ्यो । यसरी हो लाई हैन भन्दै गयो हाम्रो स्कुले जिवन पनि । अहिले सम्म कसैको Request लाई पनि Accept गरेकी छैन अनि मलाई विश्वास छ तिमीपनि  Single छौ भन्ने । 

Comments

Popular Posts